विराटनगर । प्रदेश १ का माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले राष्ट्रपति केपी ओलीलाई बनाउन पर्नेमा जोड दिएका छन्।
पूर्व आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका आङ्बोले सामाजिक संजालमा आफ्नो धारणा व्यक्त गर्दै यस्तो बताएका हुन्। स्थायित्व,सुशासन र सम्बृद्धिको निम्ति प्रचण्ड नेतृत्वको सरकारलाइ ५ वर्ष नै निरन्तरता दिनुपर्ने बताउँदै उनले वामपन्थी सहकार्यलाई दीर्घकालीन बनाउनुपर्नेमा जोड दिए।
उनले लेखेका छन, ‘ठिक छ पुस १० को सहमतिलाई नै कार्यवन्यन गरौं। त्यसको लागि, देशको गरिमामय अभिभावक राष्ट्रपति कमरेड केपी ओलीलाई बनाऔं।स्थायित्व,सुशासन र समृद्धिको निम्ति कमरेड प्रचण्ड नेतृत्वको सरकारलाइ ५ बर्ष नै निरन्तरता दिउँ बामपन्थी सहकार्यलाई दीर्घकालीन बनाऔं।
Discussion about this post