दमक – झापाको दमकस्थित लाइफलाइन अस्पतालमा एक बिरामीको मृत्यु भएको दुई दिन पछि सहमतिमा आएका छन् ।
पाँचथर तुम्वेवा गाउँपालिका वडा नं. ५ की सुनिताकुमारी कुरुम्वाङ लिम्बूको आइतबार बिहान मृत्यु भएपछि आफन्तले शव बुझ्न इन्कार गर्दै अस्पताल परिसरमा नाराबाजी गरेपछि अवस्था तनावपूर्ण बनेको थियो ।
गत वैशाख १२ गते लिभरको समस्या भएपछि उपचारका लागि सुनितालाई लाइफलाइन अस्पताल ल्याइएको थियो । अस्पतालको लापरबाहीले यो अवस्था आएको भन्दै मृत्युको कारण अस्पताल नै भएको आरोप लगाउँदै मृतकका आफन्तहरू दुई दिन देखि अस्पताल परिसरमा विरोध जनाइरहेका थिए ।
सोमबार साँझ अस्पताल प्रशासन र मृतकका आफन्तबिच भएको छलफलमा मृतक परिवारलाई ५ लाख १५ हजार रुपैयाँ उपलब्ध गराउने विषयमा सहमति भएको छ । सहमति पश्चात् दुई दिनदेखि अस्पतालको आइसियु कक्षमै राखिएको सब बुझ्न मृतकका आफन्तले सहमति जनाएका छन् ।
Discussion about this post