सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका ५ मा आईतबार बिहान भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
बिहानअन्दाजी १०.३० तिर सुन्दरहरैचा ५ को भित्री सडकमा उत्तर बाट दक्षिण तर्फ आउदै गरेको प्र १-०२-०४७ प २८२४ न. को स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक सुन्दरहरैचा ५ का अन्दाजी ५० बर्षिय चक्रबहादुर श्रेष्ठ घाईते भई बिराट टिचिङ अस्पताल बिराटनगर लगिएकोमा १२ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको हात,खुट्टा,टाउको र छातिमा चोट गम्भिर चोट लागेको थियो । स्कुटर अस्थायी प्रहरी पोष्ट बलियाको नियन्त्रणमा रहेको छ ।
Discussion about this post