काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले दोषी ठहर गरेका तत्कालीन सिनियर डिभिजनल ईञ्जिनियर नवीनकुमार पोखरेलले आत्महत्या गरेका छन् ।
हिजो भक्तपुरको लोकन्थलीस्थित निवासमा उनले आत्महत्या गरेका हुन् । उनले श्रीमतीलाई सम्बोधन गरेर सुसाइड नोट लेखेको प्रहरीले जनाएको छ । सुसाइड नोटमा आत्महत्या गरेको उल्लेख भएको प्रहरीले जनाएको छ ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा भ्रष्टाचार आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सुरक्षण मुद्रण केन्द्रमा खटिएका थिए । अख्तियारले २०८० वैशाख ३ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेषले यही जेठ ८ गते फैसला सुनाएको हो ।
निलम्बनमा परेका पोखरेल मुद्दा दायर गर्नुअघि वन तया वातावरण मन्त्रालयमा कार्यरत थिए । बोलपत्र ठेक्का सम्झौता तथा भुक्तानी प्रकरणमा सहभागी ९ जनामाथि अख्तियारले मुद्दा दायर गरेको थियो । विशेष अदालतले केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल लगायतमाथि कसुर प्रमाणित भएको आदेश दिएको थियो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले फैसला गरेको थियो ।
Discussion about this post