इलाम : इलामको देउमाई नगरपालिकाले सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण गरिरहेको छ । नौ करोड, ७२ लाख १३ हजार रुपैयाँको लगानीमा भवन निर्माणको काम भइरहेको हो । भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
नगरपालिकाका सूचना अधिकारी गोविन्द बास्तोला (गोपाल) ले चाँडै नयाँ भवनमा सर्ने तयारी भइरहेको बताए । लिफ्टसहितको ६ तले सुविधा सम्पन्न भवनमा ३६ कोठा र चार सय जना क्षमताको एक हल निर्माण भएको नगरप्रमुख सूर्यप्रसाद पोख्रेलको भनाई छ ।
कवीन्द्र नव सृजनशील जेभीले निर्माणको ठेक्का लिएको छ । नगरपालिकाले रु १४ करोड ५१ हजारको अनुमानित लागत तयार गरेको थियो । तर लागत अनुमानभन्दा ३१ प्रतिशत न्यून लागतमा कवीन्द्र नव सृजनशील जेभीले निर्माणको जिम्मा लिएको हो । भवन निर्माणका लागि सङ्घीय सरकार र देउमाई नगरपालिकाको ५०/५० प्रतिशत साझेदारी रहेको छ ।
Discussion about this post