Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

आईसीसी लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पाँचौं खेल यति बेला भैरहेको छ । पाँचौं खेलमा नामिबिया र स्कटल्याण्ड खेल्दै छन् ।
यस सिरिजमा नामिबियाको यो अन्तिम खेल हो । यसअघि खेलेको तीन वटै खेलमा हार बेहोरेको नामिबिया एउटा सकरात्मक नतिजाको अपेक्षासहित मैदानमा उत्रिएको छ ।
पहिलो खेलमा नेपालसँग दुई विकेटले पराजित भएको नामिबिया दोस्रो खेलमा स्कटल्याण्डसँग १० विकेटले पराजित भएको थियो । तेस्रो खेलमा नेपालसँगै तीन विकेटले पराजित भएको थियो ।
नामिबिया लिग २ को ३३ खेलमा १८ जित, १४ हार र एक खेल नतिजाविहीनसहित ३७ अंकको साथमा अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।
यता स्कटल्याण्डको भने यो खेल पछि अर्को एक खेल बाकी रहने छ । जुन खेल नेपाल र स्कटल्याण्ड बिच मङ्गलवार हुने छ ।
Discussion about this post