इटहरी । तुम्लिङटार नब दृष्टि आँखा अस्पताल तुम्लिङटारले गएको २ हप्तामा ४ हजार ५०० भन्दा बढि विद्यार्थी, शिक्षक,कर्मचारी तथा सर्वसाधारणको नि:शुल्क आखाँ परिक्षण सम्पन्न गरेको छ ।
कोशी प्रदेशका विभिन्न पहाडी जिल्लाहरुलाई लक्षित गर्दै आँखा अस्पतालले उपचार गरेको हो। अस्पतालले विभिन्न संघसस्थाहरु सगँ सहकार्य गर्दै निशुल्क आखाँ जाच गरेको जनाएको छ ।
आँखा जाचको क्रममा धेरैको आँखामा दृष्टि दोष , मांसपेसीको समस्या देखीएको बिरामीहरूलाई थप उपचार तथा शल्यक्रियाका लागि नब दृष्टि आँखा अस्पताल,आँखा उपचार केन्द्र, तुम्लिङटार रिफर गरिएको थियो ।
आम जनता तथा सर्वसाधारणहरुको सहज पहुँचमा आँखा परीक्षण गर्ने उद्देश्यका साथ आँखा शिविरको आयोजना गरिएको अस्पतालका वरिष्ठ दृष्टि विशेषज्ञ राकेश थापाले बताए ।
२ हप्ता अवधीको आँखा शिविरमा विभिन्न विद्यालय तथा हाईड्रोपावर आयोजनामा विद्यार्थी र कर्मचारीहरु, शिक्षक शिक्षिकाहरूको पनि आँखा जाँच गरिएको थियो ।
पछिल्लो समय विद्यार्थीहरूले मोबाइल तथा डिजिटल माध्यमहरूको जथाभाबी प्रयोग बढेपछि आँखाका बिरामीहरू निकै बढ्दै गएका छन् ।
आँखा सम्बन्धी सचेतना जगाउँदै निःशुल्क परीक्षण समेत गर्दे आएको नव दृष्टिले पूर्वी पहाडी जिल्लाहरू, सङ्खुवासभा, भोजपुर, धनकुटा सम्मका बिरामीहरूको आँखा परीक्षण गर्दै आएको जनाएको छ ।
परीक्षणका क्रममा विद्यार्थीहरूमा मायोपिया अर्थात् अदुर दृष्टिका बिरामीहरू बढी देखा पर्ने गरेको अस्पतालले जनाएको छ । विद्यालय तहकै बिद्यार्थीहरुमा देखिएका यस्ता रोगहरुहरुले भविष्यमा जटिल समस्या समेत निम्त्याउन सक्ने भएकाले वेलैमा सचेत भएर उपचार गराउनुपर्ने दृष्टि विशेषज्ञ राकेश थापाले बताए ।
Discussion about this post