धरान । धरानमा ग्यास लिलिण्डर बिष्फोट हुँदा ८ जना घाइते भएका छन् ।
ग्यास सिलिण्डर लिक भएको आशंका भएपछि सिलिण्डर मर्मत गर्ने मानिस बोलाएर बनाउने क्रममा बिष्फोट भएको प्रहरीले जानकारी दिएको छ । बिष्फोटमा परी घरधनी २७ वर्षीया सविता राई, २२ वर्षीया सोनिका राई, भाडामा बस्दै आएका इटहरी उ पमहानगरपालिका ५ का ४२ वर्षीया अञ्जना राई, उनकै आमा ६६ वर्षीया रामकुमारी राई गम्भीर छन् ।
त्यस्तै अञ्जनाको छोरा ८ वर्षीय साङ्केन राई र छोरी १० वर्षीया सुनिहाङ राई, ग्यास बनाउने धरान ११ का १९ वर्षीय अनिष कार्की र सिरहा बन्दीपुरका १८ वर्षीय वासुदेव खड्का सामान्य घाइते भएका छन् ।
यस अघि प्रहरीले दिएको प्रारम्भिक सूचनामा डिपो स्कुलको क्वाटरमा ग्यास बिष्फोट भएको भनिएकोमा अहिले स्कुलमा बिष्फोट नभएको भनी सम्पादन गरिएको छ । –सम्पादक
Discussion about this post