इलाम / गृह मन्त्रालयले एकै पटक २५ जना सहसचिव तथा प्रमुख जिल्ला अधिकारी ९सिडिओ०को सरुवा गरेको छ । विभिन्न मन्त्रालयबाट गृहमा सरुवा भएर आएकाहरूको पदस्थापन सहित १६ जना सिडिओहरूको जिम्मेवारी हेरफेर भएको हो ।
इलामबाट इन्द्रदेव यादवको सरुवा भएको छ । जिल्लामा अब कल्पना श्रेष्ठको सरुवा भएको छ ।
पाँचथरका मेखबहादुर मग्रान्ति सप्तरी सरुवा भएका छन् । विष्णुप्रसाद कोइराला पाँचथरका सिडिओ बनेर आउने भएका छन् ।
गृहमन्त्री रबी लामिछानेको निर्णय अनुसार १६ जिल्लामा नयाँ सिडिओ खटाइएको छ ।
कास्कीमा भरतमणि पाण्डे, चितवनमा इन्द्रदेव यादव र मकवानपुरमा तीर्थराज चिलवाल सिडिओ बनेका छन् ।
Discussion about this post