विराटनगर । मुख्यमन्त्री पदबाट बाहिरीएको २२ दिन पछि कोशी प्रदेशका निर्वतमान मुख्यमन्त्री केदार कार्कीले सरकारी आवासको चाबी बुझाएको छन् । कार्कीले आफ्नो सचिवालका सदस्य दिवश राजंबशि मार्फत चाबि बुझाएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यलय कोशीले जानकारी दिएको छ ।
मुख्यमन्त्रीसँगै रहेको तिन गाडी र स्कुटर समेत आज नै फिर्ता गरिएको छ । मुख्यमन्त्रीले प्रयोग गर्ने सरकारी गाडी गाडी नम्बर ००४६ कार कार टद्दद्ध स्कारिपो आवास भने अस्तव्यस्त र बस्नै नमिल्ने गरी फोहोर पारिएको अवस्थामा रहेको छ । कार्यालय परिसरमा झाडी भैइसकेको छ । भवनको शौचालय देखि भान्सा र बेडरुम सम्मको अवस्था फोहोर र अस्तब्यस्त छ ।
काठमाडौंको निवासको चाबी भने सुरक्षा गार्डलाइ जिम्मा दिएको भन्ने जानकारी आएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जानकारी दिएको छ । आवास नछाडेको र गाडी फिर्ता नगरेको भन्दै निवर्तमान मुख्यमन्त्रीको आलोचना भएको थियो ।
Discussion about this post