इटहरी । आकाश इन्स्टिच्युट इटहरीले अन्तर सेक्सन फुटसल प्रतियोगिता सम्पन्न गरेको छ । इटहरी ५ स्थित फुटसल मैदनमा प्रतियोगिता सम्पन्न गरेको हो ।
इन्सीच्युटमा कक्षा १० को माध्यमिक शिक्षा परीक्षा एसइई सकेर ब्रिज कोर्स र इन्ट्रान्स तयारी गरिरहेका विद्यार्थीहरू बिच प्रतियोगिता गराइएको हो । उक्त प्रतियोगितामा कम्प्युटर ए ग्रुप विजयी भएको छ भने कम्प्युटर वि दोस्रो भएको छ ।
यस्तै उत्कृष्ट गोलकिपर कम्प्युटर बि तर्फका रोहित राजवंशी भएका छन् भने उत्कृष्ट गोलकर्ता कम्प्युटर बि तर्फका आयुशा भण्डारी भएकी छिन् । प्रतियोगितामा विजयीहरुलाई शिल्ड र मेडल प्रदान गरीएको थियो ।
अतिरिक्त कृयाकलपमा विद्यार्थिहरुलाई सहभागी गराउने तथा पढाइ र खेलकुदलाई पनि संगसगै जोड्ने उद्देश्यले कार्यक्रम गरिएको इन्सीच्युटका कार्यकारी सञ्चालक गोपाल निरौलाले बताए ।
शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा सामाजिक विकास मन्त्रालय कोशी प्रदेशमा सूचीकृत आकाश इन्स्टिच्युटले विगत १६ बर्षदेखी इटहरीबाट सेवा प्रदान गर्दै आइरहेको छ ।
इन्स्टिच्युटले शैक्षिक दायरा फराकिलो बनाउन विद्यार्थी तथा अभिभावकहरूलाई शैक्षिक परामर्श प्रदान गर्ने लगायतका सेवाहरू प्रदान गर्दै आइरहेको छ ।
Discussion about this post