सुनसरी । सुनसरीको धरान–१७ स्थित आदर्श चौकमा बस्ने सबिता राईको घरमा डेरा गरी बस्ने अञ्जना राईको कोठामा ग्यास चुहावट भएर विस्फोट हुँदा ८ जना घाइते भएका छन ।
धरान–१७ का वडाध्यक्ष मनोज भट्टराईका अनुसार ग्यासको सिलिन्डर घरमा ल्याएर जोड्ने क्रममा दिउँसो ग्यास चुहावट भएको थाहा पाएर मर्मत गर्ने मानिस बोलाइ सिलिन्डर मर्मत गर्ने क्रममा सिलिन्डर विस्फोट भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर श्रेष्ठले जानकारी दिए । ८ जना घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको वडाध्यक्ष भट्टराईले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार घाइते हुनेहरूमा घरधनी २७ वर्षीया सविता राई, २२ वर्षीया सोनिका राई, भाडामा बस्दै आएका इटहरी उपमहानगरपालिका ५ का ४२ वर्षीया अञ्जना राई, उनकै आमा ६६ वर्षीया रामकुमारी राई गम्भीर छन् ।
त्यस्तै अञ्जनाको छोरा ८ वर्षीय साङ्केन राई र छोरी १० वर्षीया सुनिहाङ राई, ग्यास बनाउने धरान ११ का १९ वर्षीय अनिष कार्की र सिरहा बन्दीपुरका १८ वर्षीय वासुदेव खड्का घाइते भएका छन् ।
ग्यास घरभरि फैलिएका कारणले घाइतेको संख्या धेरे भएको प्रहरीले जनाएको छ । उनीहरूको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । ।
Discussion about this post