Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

काठमाडौ । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा आज नेपालले स्कटल्यान्डसँग खेल्दैछ । यो सिरिजको अब हुने खेल अन्तिम खेल हो । हालसम्मका सबै खेलमा नेपाल विजयी भएको छ ।
आजको खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरुहुनेछ । आज पनि नेपाल च्याम्पियन स्कटल्यान्डलाई हराउँदै पहिलो पटक लिग–२ मा चारै खेल जित्न चाहान्छ ।
आजको खेल जितेमा नेपाललाई शीर्ष पाँचमा रहँदै ओडिआई मान्यता जोगाउन सहज हुनेछ । उता स्कटल्यान्डको लिग–२ मा यो अन्तिम खेल हो । पहिलो खेलमा नामिबियालाई १० विकेटले हराउँदै तीन खेल अगावै च्याम्पियन बनेको थियो । नेपालसँगको खेलपछि स्कटल्यान्डले उपाधि ट्रफी टियु मैदानमै पाउनेछ ।
पहिलो खेलमा स्कटल्यान्ड नेपालसँग तीन विकेटले पराजित भएको थियो । नेपालले स्कटल्यान्डले प्रस्तुत गरेको २ सय ७५ रनको विजयी लक्ष्य ४७ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको थियो । नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले ८५ र कुशल मल्लले ८१ रन बनाउँदै सहज जित दिलाएका थिए ।
स्कटल्यान्ड ३५ खेलमा २४ मा जित र ९ मा हारसहित ५० अंकका साथ शीर्षस्थानमा छ । नेपाल २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अंकका साथ छैटौं स्थानमा छ । यदि नेपालले बाँकी सबै ९ खेल जितेको खण्डमा ४२ अंकका साथ शीर्ष तीनमा रहँदै सोझै जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछ ।
शीर्ष तीनमा पर्न नसके प्लेअफ क्वालिफायर खेल्नुपर्ने हुन्छ । शीर्ष पाँचमा रहँदै ओडिआई मान्यता जोगाउन ९ मध्य ५ खेल जित्नुपर्ने हुन्छ।
ओडिआई नेपाल र स्कटल्यान्डबीच पाँच खेल भएका छन् । जसमा तीन खेलमा स्कटल्यान्ड र दुई खेलमा नेपाल विजयी भएको छ । नेपालले पहिला ब्याटिङ गरेको तीनै खेलमा हारेको छ । लक्ष्य पछ्याउँदा दुबै खेलमा नेपाल विजयी भएको छ । यस सिरिजमा पनि नेपालले तीनै खेल लक्ष्य पछ्याउँदा जितेको छ । आजको खेलमा टस निर्णायक बन्नसक्छ ।
Discussion about this post