Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

सिन्धुली । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक दल भन्दा बाहिरको ब्यक्तिलाई राष्ट्रपतिको उमेदवार बनाउनुपर्ने बताएका छन् ।
कांग्रेसले दलभन्दा बाहिर रहेका सबैलाई स्विकार्य हुने राष्ट्रिय व्यक्तित्वलाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने कोइरालाले धारणा थियो ।
सिन्धुली स्थित सिन्धुलीमाडीमा मंगलबार (आज) बिहान नेपाल प्रेस युनियन सिन्धुलीले आयोजना गरेको पत्रकार भेटघाटमा कोइरालाले राष्ट्रपति स्वतन्त्र हुनुपर्ने बताउदै सबैले स्विकार गर्ने ब्यक्तिलाई कांग्रेसले अघि सार्नुपर्ने धारणा राखेका हुन् ।
सम्भावित राष्ट्रपतिको रुपमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नाम चर्चामा आइरहेको बेला कोइरालाले राष्ट्रपतिको उम्मेदवार गैरदलीय व्यक्ति हुनुपर्ने उल्लेख गरेका हुन् ।
राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने बताउँदै उनले त्यस्तो सम्भावना कांग्रेसको उम्मेदवारमा मात्रै सम्भव हुने समेत बताए ।
यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । उम्मेदवारी दर्ताको दिन नजिकिइरहेको बेला दलहरु उम्मेदवार चयनको रस्साकस्सीमा लागेका छन् ।
Discussion about this post