काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई वर्षदेखि साउदी अरेबियाको जेलमा रहेका दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
कार्कीका बुबा गणेशबहादुर कार्कीसहितको टोलीलाई मंगलबार बिहान बालुवाटारमा भेट्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले कार्कीलाई जेलमुक्त गरी नेपाल ल्याउने कार्यको तत्काल पहल गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षणसमेत गराएका छन् । धनकुटाको चौबिसे गाउँपालिका–४ घर भएका कार्की दुई वर्षअघि ट्राफिक नियम उल्लङ्घन गरेको कसुरमा साउदी जेलमा रहेका छन् ।
Discussion about this post