बिराटनगर । झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो झापाको भद्रपुर नगरपालिका ५ स्थितमा अस्थायी प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा मे ६प ६२ नम्वरको मोटरसाईकलमा भारतबाट नेपाल तर्फ आउदै गरेका बिर्तामोड ५ का २९ बर्षीय सुरज कुंवर र ३४ बर्षीय सुरेश श्रेष्ठलाई ४ ग्राम २२ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
यसैगरी इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले कमल गाउँपालिका ४ का ३५ बर्षीय पुर्ण बिक्रम लिम्वुलाई १ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । यसैबिच औषध ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर १५ र १६ स्थितमा भारतबाट नेपाल तर्फ आउदै गरेका को।३१ प ६६५३ नम्बरको मोटरसाईकलमा सवार ट्याम्केमयुम २ भोजपुरका ३४ बर्षीय प्रबिन राईको साथबाट ०.२२ ग्राम ब्राउन सुगर र प्रदेश १-०४-००१ प ८६५१ नम्बरको मोटरसाईकलमा सवार धरान ५ का २९ बर्षीय उज्वल हल्वाईको साथबाट १।७२ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको सम्वन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।
Discussion about this post