इटहरी । बिराटनगर महानगरपालिका–१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरोहेरोइन जस्तो देखिने पदार्थ करिब ४ ग्राम ३१ मिलिग्रामसहित स्कुटर चालक सुनसरी इटहरी उपमहानगरपालिका–२० बस्ने २७ वर्षीय राज श्रेष्ठ र स्कुटरमा सवार सोही उपमहानगरपालिका–१ बस्ने ३६ वर्षीय सुनिल कार्कीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको
छ ।
इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको
प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०२–०५४ प ७४८९ नम्बरको स्कुटरमा
सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Discussion about this post