बझाङ : बझाङमा विपद् उद्धारसम्बन्धी अभ्यास (तालिम)का क्रममा डुबेर एक जना सशस्त्र प्रहरीको मृत्यु भएको छ । जिल्लाको केदारस्युँ गाउँपालिका-७ घर भएका धामीको अभ्यासका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी भरत शाहले जानकारी दिए ।
उनका अनुसार बाढी र त्यसले पार्ने क्षति न्यूनीकरण गर्नेसम्बन्धि कृत्रिम अभ्यास (सिमुलेसन) गर्दा गर्दै उनी डुबेका थिए।
सोमबार बिहान सेती नदीमा जिल्लास्थित सुरक्षा बलको संयुक्त सिमुलेसनका क्रममा उनी डुबेको डीएसपी शाहले बताए ।
नदीमा डुबेपछि उद्धार गरेर अस्पताल पुर्याइएका उनलाई जिला अस्पताल बझाङले मृत घोषणा गरेको थियो ।
धामी सशस्त्र प्रहरीको अनआश्रित गुल्म बझाङमा कार्यरत थिए ।
Discussion about this post