विराटनगर । विराटनगरमा अचेत अवस्थामा भेटिएका भारतीय नागरिकको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका–१८ भट्ट चोकमा अचेत भेटिएका भारतको अररिया सुकसैनाका ३२ वर्षीय गुजर मण्डलको उपचारका क्रममा मृत्यु भएको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार गुजर विराटनगर–१८ का मनोज मण्डलको घरमा बसेर त्यहीँ काम गर्दै आएको पत्ता लागेको छ ।
उनी बिहीबार बिहान ८ः३० बजेतिर बेहोस भएर लडिरहेको अवस्थामा फेला पारेका थिए । इलाका प्रहरी कार्यालय बुधनगरका सइ उज्वल शाक्य नेतृत्वको टोलीले उद्धार गरेर उपचारका लागि विराटनगरको कोशी अस्पताल पठाएको थियो । त्यहाँबाट थप उपचारका लागि नोबेल शिक्षण अस्पताल रेफर गरियो ।
गुजरको उपचारकै क्रममा बिहान ११ः५० बजेतिर मृत्यु भएको डीएसपी बस्नेतले बताए । उनको मृत्युको कारण प्रष्ट भइसकेको छैन । घटनाको अनुसन्धान सुरु गरिएको बताउँदै बस्नेतले अनुसन्धानपछि मृत्युको कारण यकिन हुने जानकारी दिए ।
Discussion about this post