Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86
Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86
Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86
Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86
युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियल म्याड्रिडले जित निकालेको छ । इंग्लिस क्लब लिभरपुलमाथि पूनरागमन जित निकाल्दै अघिल्लो यात्रा सहज बनाएको हो ।
दुई गोलले पछि परेको स्थितिलाई उल्ट्याएर स्पेनिस क्लब रियल म्याड्रिडले घरेलु टोली लिभरपुलमाथि ५–२ को सानदार पूनरागमन जित दर्ता गरेको हो । रियलको पूनरागमन जितमा भिनिसियस जुनियर र कप्तान करिम बेन्जेमाले समान दुई तथा एडर मिलिसाओले एक गोल गरे । लिभरपुलका डार्विन नुनेज र मोहम्मद सलाहको गोल सान्त्वना बन्यो ।
एनफिल्डमा मंगलबार राति साविकको विजेता रियल र उपविजेता लिभरपुलबीचको खेलमा लिभरपुलले १४ मिनेटभित्रै २–० को अग्रता बनाएको थियो । तर, त्यो अग्रतालाई लिभरपुलले जोगाउन सकेन ।
खेलको चौथो मिनेटमा नै डार्विन नुनेजको गोलबाट लिभरपुलले घरेलु मैदानमा १–० को अग्रता लिन सफल भएको थियो । उनले मोहम्मद सलाहको पासमा ब्याकहिल फ्लिकमार्फत सुन्दर गोल गर्न सफल भएका थिए ।
१४औं मिनेटमा मोहम्मद सलाहले गोलरक्षक थिवाउट कोर्टुवोको गम्भीर गल्तीको फाइदा उठाउँदै गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । ड्यानी कार्भाहलको ब्याकपासलाई नियन्त्रणमा लिएपनि त्यसलाई क्लियर गर्न नसक्दाको फाइदा नजिकै रहेका सलाहले उठाउँदै गोल गर्न सफल भएका थिए ।
२१औं मिनेटमा भिनिसियसले पेनाल्टी बक्सभित्रबाट दर्शनीय गोल गर्दै रियललाई खेलमा फर्कने संकेत दिए । उनले कप्तान करिम बेन्जेमाको पासमा गोल गर्न सफल भएका थिए ।
३६औं मिनेटमा भिनिसियसले लिभरपुलका गोलरक्षक एलिसन बेकरको गल्तीको फाइदा उठाउँदै व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै खेललाई पहिलो हाफमा २–२ गोलको बराबरीमा ल्याए । जोसेफ गोमेजको पासलाई एलिसनले गरेको क्लियरेन्स भिनिसियसलाई लाग्दै गोलमा परिणत भएको थियो ।
४७औं मिनेटमा एडर मिलिसाओले गोल गर्दै रियललाई खेलमा ३–२ ले अघि बढाए । मिडफिल्डर लुका मोड्रिचको फ्रिकिकलाई मिलिसाओले हेडरमार्फत गोल गर्न सफल भएका थिए । ५५औं मिनेटमा कप्तान बेन्जेमाले रोड्रिगोको पासमा गोल गर्दै रियललाई ४–२ ले अघि बढाउँदै पूनरागमन जिततर्फ अग्रसर गराए ।
६७औं मिनेटमा कप्तान बेन्जेमाले व्यक्तिगत र टोलीका लागि पाँचौं गोल गर्दै रियललाई सानदार पूनरागमन जित दिलाए । यस जितसँगै रियलले लिभरपुलसँगको अपराजित यात्रा ६ खेलसम्म लम्ब्याएको छ । रियलले ५ जित र एक बराबरीको नतिजा निकालेको छ ।
यस जितसँगै रियलले क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । घरेलु मैदानमा मार्च १५ मा हुने खेलमा यही नतिजा कायम राख्न सके रियल क्वाटरफाइनलमा पुग्नेछ ।
Discussion about this post