काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बुधबार बिहान उनीहरूबीच बालुवाटारमा भेटवार्ता भएको हो । प्रधानमन्त्री सचिवालयका अनुसार उनीहरूबीच राष्ट्रपति निर्वाचनको उम्मेदवारबारे छलफल भएको छ
राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल यही फागुन २८ गते सकिँदै छ । नयाँ राष्ट्रपति चुन्न फागुन २५ गते निर्वाचन हुँदैछ । त्यसका लागि फागुन १३ गते मनोनयन दर्ताको कार्यक्रम छ । निर्वाचनको तयारी जारी राखेको निर्वाचन आयोगले आज मतदाता नामावली सार्वजनिक गर्दैछ ।निर्वाचनको मिति नजिकिंदै गएकाले दलहरू राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने प्रयासमा छन् ।
Discussion about this post