बेलबारी । झापा, मोरङ र सुनसरीको छुट्टाछुट्टै स्थानहरुमा सवारी दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।
बुधबार (आज) बिहान मोरङको बेलबारी नगरपालिका १ शिशौली चोक स्थितमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको ना ५ ख ६९४२ नम्बरको बसले सोही दिशा तर्फ आउदै गरेको २ वटा साईकललाई ठक्कर दिदाँ घाईते भएका साईकल यात्री बेलबारी २ का १९ बर्षीय लेखनाथ चौहानलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर पुर्याउन साथ मृत्यु भएको थियो भने अर्का साईकल यात्री १८ बर्षीय राम बस्नेतको नोबेल अस्पतालमा उपचार भईरहेको छ ।
यसैगरी झापाको कनकाई नगरपालिका १ दुर्गापुर चोक स्थितमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको प्र १-०१-०१६-३१५९ नम्बरको मोटरसाईकलललाई बिपरित दिशाबट आउदै गरेको बा ४ ख ९३१९ नम्बरको बिर्तामोड २ स्थित रहेको निधी क्याम्पसको बसले ठक्कर दिदाँ घाईते भएका मोटरसाईकल चालक ताप्लेजुङ श्रीजंघा गाँउपालिका ४ का ३५ बर्षीय समिर लिम्बुको उपचारको क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।
उता मंगलबार बेलुका सुनसरीको ईटहरी उप महानगरपालिका १० खनार स्थित दक्षिणबाट उत्तर तर्फ जादै गरेको को २ ह ६४३२ नम्बरको सिटि सफारि आफै अनियन्त्रित भई पल्टिदा घाईते भएका सिटिमा सवार ईटहरी १० का ४० बर्षीय सुरेन्द्र सरदारको उपचारको क्रममा बिराट टिचिङ अस्पताल बिराटनगरमा मृत्यु भएको हो । सबै दुर्घटनामा संलग्न सवारी साधनहरु र चालक प्रहरीले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भईरहेको छ ।
Discussion about this post