Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

काठमाडौ । काङ्ग्रेस महामन्त्री तथा प्रतिनिधि शभा सदस्य गगनकुमार थापाले गलत काम गर्ने लघुवित्त संस्थाहरूलाई कारबाही गर्न माग गरेका छन् ।
बुधवार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले खराब नियतले काम गर्ने लघुवित्तलाई राष्ट्र बैंकले सुपरीवेक्षण गरेर तत्काल कारबाही गर्नुपर्ने धारणा राखेका हुन् ।
उनले लघुवित्तका कारण पिडितलाई बैंक तथा वित्तीय संस्थाहरूको सामाजिक उत्तरदायित्वको रकमबाट राहत दिन आवश्यक रहेको बताए ।
उनले लघुवित्तका कारण कयौँ गरिब नागरिक माथि उठ्न नसक्ने गरी थला परेका टिप्पणी समेत गरे ।
सांसद थापाले लघुवित्त संस्थाहरूले नाफाका लागि जे पनि गर्ने, तत्कालको गर्जाे टार्न जहाँबाट जतिसुकैमा पनि ऋण लिने ग्राहक र अनुमति दिँदा हात फैलाउने तर सुपरीवेक्षणमा मुठ्ठी कस्ने राष्ट्र बैंकका कारण अहिले लघुवित्तमा समस्या देखिएको उल्लेख गरे।
उनले अब एउटा ऋणीले एउटा लघुवित्तबाट मात्रै ऋण पाउने व्यवस्था गर्न र सुपरीवेक्षण कार्यलाई तल्लो तहसम्म लैजानसमेत माग गरेका थिए ।
Discussion about this post