इटहरी । इटहरीमा खेतमा काम गर्दा गर्दै १ जनाको मृत्यु भएको छ ।
इटहरी ५ मा रहेको घरेलु तथा साना उद्योग कार्यालय नजिकै खेतमा काम गर्दा गर्दै २५ वर्ष वर्षीय द्रोण बहादुर राईको मृत्यु भएको हो ।
शुक्रवार दिउसो १ बजे घोप्टो परेर हिलोमा लडेको अवस्थामा मानिस खेतमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय इटहरीबाट प्रहरीको टोली खटिएको थियो ।
“लडेको र उठ्न नसकी सोही स्थानमा मृत्यु भएको देखिन्छ , के भएर लडेको हो पोस्टमार्टम पछि रिपोर्ट आउँछ” इलाका प्रहरी कार्यालय इटहरीका इन्स्पेक्टर तथा सूचना अधिकारी शम्भु बस्नेतले भने ।
मृतक राईको शव पोस्टमार्टमका लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाइएको बस्नेतले बताए ।
मृतक राई आफ्नो परिवारसँग इटहरी ५ मा डेरा बस्दै आएका थिए ।
Discussion about this post