विराटनगर । मोरङको धनपालथान गाउँपालिका–६ कदमाहास्थित एउटा घरमा बिहीबार साँझ आगलागी भएको छ ।
लक्कीराम टुडुको सिमेन्टको पिलर भएको, बाँसको टाटीबेरा र फुसको छानो लगाएर बनाइएको घरमा साँझ ५ः३० बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ । आगालगीको कारण खुलेको छैन । यद्यपि, विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आगलागीमा घरसहित घरभित्र रहेको ४५ तोला चाँदी, टिभी, मोबाइल, पंखा, लत्ताकपडा, खाद्यान्न, काठपातलगायत जलेर ध्वस्त भएको छ । घटनामा ५ लाख बराबरको क्षति भएको प्रहरीको भनाइ छ ।
स्थानीय बासिन्दाको सहयोगमा लगभग डेढ घाण्टापछि आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
Discussion about this post