चितवन । अविरल वर्षाका कारण पहिरोमा परी बस त्रिशूली नदीमा खसेर दुई वटा बस बेपत्ता भएका छन् ।
प्रहरीका अनुसार आज बिहान ३ बजे चितवनको भरतपुर महानगरपालिका वडा नं। २९ सिमल ताल भन्ने ठाउँमा अविरल वर्षाका कारण ठुलो पहिरो झरी वीरगन्जबाट काठमाडौँ जाँदै गरेको विङर गाडी र काठमाडौँबाट गौरतर्फ आउँदै गरेको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका हुन ।
वीरगन्जबाट आएको गाडीमा २०–२१ जना र गणपति डिलक्समा करिब ४०–४२ जना यात्रु रहेको जनाइएको छ । तथापि यकिन जानकारी भने आई नसकेको प्रहरीले बताएको छ ।
उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं। १७ गण चितवनबाट बाट ३५ जना र बिपद व्यवस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर सहित २० जना परिचालन भएका छन् । अहिले मुग्लिङ नारायणगढ सडक अवरुद्ध रहेको जानकारी सशस्त्र प्रहरीले दिएको छ ।
बसमा ढुङ्गा खस्दा चालकको मृत्यु
यसैगरी, असार २८ गते बिहान ३ बजे चितवन जिल्ला भरतपुर महानगरपालिका–२९ सत्र किलो स्थित नारायणगढ–मुग्लिङ सडक खण्डमा बुटवलबाट काठमाण्डौँतर्फ जाँदै गरेको लु २ ख ६५६६ नं को बसलाई अचानक माथिबाट लेदो सहितको पहिरो सहित ढुङ्गा खसी बसमा लाग्दा बस चालक जिल्ला नवलपरासी सुनवल नगरपालिका–४ बस्ने वर्ष ३६ को गेमनाथ बिक गम्भीर घाइते भई उपचारका लागि भरतपुरतर्फ पठाएकोमा मृत्यु भएको छ ।
बाटो एकतर्फ अवरोध भएको उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं १७ गण चितवनबाट २० जनाको टोली र नेपाल प्रहरी परिचालन भएको छ । बाटो खुलाउन सडक डिभिजन सँग समन्वय भइरहेको जानकारी डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।
Discussion about this post