काठमाडौँ : नेपाल नागरिक उड्डयन प्राधिकरणले आकाशमै विमान परिचारिकालाई ‘दुर्व्यवहार’ गरेको भन्दै दुईजना पाइलटलाई निलम्बन गरेको छ।
नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ४१६ बाट १२ साउनमा काठमाडौँ फर्कँदै गर्दा आकाशमै विमानपरिचारिका (एयर होस्टेस)लाई ‘दुर्व्यवहार’ गरेको भन्दै प्राधिकरणले उडानका चालक दलका सदस्य उनीहरूलाई निलम्बन गरेको छ।
क्याप्टेन र को–पाइलटले एयर होस्टेसलाई ककपिटमा बोलाएर उडान अवधिभर काखमा राखेको पाइएको बताइएको छ।त्रिभुवन विमानस्थलमा जहाज अवतरण गर्दा समेत ती ‘एयर होस्टेस’ आफ्नो जिम्मेवारीमा नफर्किएको भन्दै अन्य ‘एयर होस्टेस’ले उजुरी दिएपछि निलम्बन गरेर अनुसन्धान थालिएको बताइन्छ।
उक्त उडानमा दुई पाइलट र ५ ‘एयर होस्टेस’ थिए।
Discussion about this post