ऋषि राई,उदयपुर । जिल्लाको कटारी नगरपालिकामा ७ फागुनदेखि जारी चौथो कटारी नगर मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि वडा नम्बर ५ र २ ले प्रतिष्पर्धा गर्ने भएका छन् । शुक्रबार विहानको पहिलो सेमिफाईनलमा कटारी वडा नम्बर ४ लाई ० का विरुद्ध १ गोलले पराजित गर्दै कटारी ५ ले फाईनलमा आफ्नो स्थान पक्का गरेको हो ।
तेस्रो मेयर कप फुटवलको उपविजेता समेत रहेको वडा नम्बर ५ का लागि फाईनल यात्रा तय गर्न महेन्द्र भुजेलले निर्णायक एक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच समेत भुजेल घोषित भए । त्यसैगरी वेलुकीको दोस्रो सेमी फाईनलको खेल अवधिमा दुवै टिमले गोल गर्न नसकेपछी कटारी ३ लाई टाईपव्रेकरमा २ का विरुद्ध ४ गोल गर्दै वडा नम्बर २ ले फाईनल यात्रा तय गरेको हो ।
ट्राइबेकरमा कटारी २ का लागि अमन मगर , रन्जन बुढाथोकी , मेखबहादुर खत्री र मिलन परियारले गोल गरे भने तेस्रो मेयर कप फुटवलका विजेता कटारी ३ का लागि गोपाल लिम्बु र निराजन सुनुवारले मात्रै गोल गरेका थिए । खेलको म्यान अफ द म्याच कटारी २ का गोल रक्षक गोविन्द कार्की घोषित भए ।
फाईनलमा उपाधिका लागि वडा नम्बर ५ र २ ले आईतबार प्रतिष्पर्धा गर्नेछन् । कटारी नगर खेलकुद विकास समितिको आयोजना र कटारी नगरपालिकाको प्रायोजनमा प्रतियोगिता जारी छ । १४ वडा रहेको नगरको वडा नम्बर १३ बाहेक सवै वडा गरी १३ टिमले प्रतियोगितामा प्रतिष्पर्धा गरेका थिए । प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले नगद ५० हजार सहित मेडल , कप र प्रमाण पत्र हात पार्ने समितिका अध्यक्ष दिपक लामाले बताए ।
Discussion about this post