ओमान । ओमानको समुन्द्रमा तेल ट्याङ्कर पल्टिँदा १३ भारतीय बेपत्ता भएका छन् । सोमबार एक तेल ट्याङ्कर जहाज ओमान नजिकैको समुन्द्रमा पल्टिएको थियो ।
जहाजमा अफ्रिकी देश कोमोरोसको झण्डा थियो । ओमानको सामुद्रिक सुरक्षा केन्द्रले सामाजिक सञ्जाल ‘एक्स’ मा जहाज पल्टिएको जानकारी दिएको छ ।
जहाज पल्टिएपछि जहाजमा रहेका १६ सदस्यीय चालक दल बेपत्ता छन् । जहाजमा रहेका १६ सदस्यीय चालक दलमध्ये १३ भारतीय नागरिक र तीन जना श्रीलंकाका छन् ।
सामुद्रिक सुरक्षा केन्द्रका अनुसार जहाज डुबेको जानकारी प्राप्त हुनासाथ खोजी तथा उद्धार कार्य शुरू गरिएको थियो ।
Discussion about this post