इलाम / आर्थिक वर्ष २०८०र८१ मा यातायात व्यवस्था सेवा कार्यालय इलामले दश करोड बढी राजश्व सङ्कलन गरेको छ ।
कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा दश करोड ९८ लाख ७४ हजार तिन सय ७३ रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।
सवारी साधन कर तर्फ आठ करोड ४४ लाख बत्तिस हजार छ सय ७८ र व्यवसाय दर्ता दस्तुरबाट १३ हजार रुपैयाँ सङ्कलन भएको छ ।
यस्तै चालक अनुमति पत्र सवारी दर्ता किताब सम्बन्धी दस्तुरबाट एक करोड ९५ लाख ८५ हजार पन्ध्र रुपैयाँ र यातायात क्षेत्रको आम्दानीबाट ५८ लाख ४३ हजार छ सय ८० रुपैयाँ सङ्कलन गरेको कार्यालयका प्रमुख खगेन्द्र मैनालीले जानकारी दिए ।
उनका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९/८० मा दश करोड २ लाख ४१ हजार पाँच सय ८६ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो यसलाई हेर्दा ९५ लाख बढिले वृद्धि भएको हो ।
पशुपतिनगरमा रहेको सवारी पटके बाटो इजाजत राजस्व असुली केन्द्रबाट ४२ लाख बढी राजस्व सङ्कलन भएको छ ।
Discussion about this post