इलाम / हामीले विभिन्न फुलहरूको माला लगाउँदै आएका छौँ । प्राकृतिक फुलको माला त पहिला देखी नै लगाउँदै आएका छौँ । पछिल्लो समय कृत्रिम माला समेत बजारमा पाइन्छ ।
तर मकैको खोयाबाट समेत आकर्षक माला निर्माण गर्न सकिन्छ । खोयाबाट बनेको माला समेत झट्ट हेर्दा फुलकै जस्तो देखिन्छ । विभिन्न कलरको आकर्षक माला खोयाबाट नै तयार हुने गरेको छ ।
इलामको सन्दुकपुर गाउँपालिकाका महिलाले खोयाको माला बनाउन थालेका छन् ।
मकै छोडाएर खेर फालिने खोयाबाट आकर्षक माला बनाउन महिलाहरू लागि परेका छन् । स्थानीय लीला भट्टराईले यो माला तयार गर्न धेरै खर्च पनि नलाग्ने बताइन् ।
गाउँघरमा हुने विभिन्न कार्यक्रममा बाहिरबाट मालाको आयात गर्नु नपरोस् भनेर खोयाको माला निर्माण गर्न थालेको उनको भनाई छ ।
सिजनमा सयपत्री फुलकै माला पर्याप्त भए पनि सधैँ माला बनाउने फुल नपाइने हुँदा खोयाको माला बनाउन थालिएको बताइएको छ ।
पछिल्लो समय जति धेरै बाहिरबाट माया आयात भइरहेको छ स्थानीय स्तरमा समेत उत्तिकै रूपमा स्थानीय स्तरका माला बनाउने गरिँदै आइएको छ ।
Discussion about this post