काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शनिबार संघीय संसद भवन नयाँबानेश्वर पुगेर भावी राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित आफूलाई समर्थन गर्ने आठै दलका शीर्ष नेतासहित पुगेका पौडेल प्रशन्न मुद्रामा देखिए। मतदान गर्ने दिन फागुन २५ गतेसम्म कुनै राजनीतिक बदलाव देखा नपरे अहिले समर्थन गरेका दलहरूको मतभार हेर्दा रामचन्द्रको जित सुनिश्चित छ।
यसो हुँदा उनी मुलुकको तेस्रो राष्ट्रपति बन्नेछन्। जित पक्का हुने भएकाले पनि उनी उम्मेदवारी दर्ताका क्रममा मक्ख देखिएका थिए।
गत पुस १० गते चुनावी गठबन्धन भत्किँदा पौडेल सबैभन्दा दुखि बनेका थिए। तर अन्ततः एमालेसँग गएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित ८ दलीय गठबन्धन बनेपछि पौडेलको राष्ट्रपतिको यात्रा लगभग सुनिश्चित भएको हो।
Discussion about this post