इटहरी: कोशी प्रदेशका निर्वतमान मुख्यमन्त्री केदार कार्कीले कर्मचारीमाथि गरेको अवाञ्छिनीय आरोप लगाएको भन्दै कर्मचारी संगठनहरूले आपत्ति जनाएका छन् ।
शनिबार एक विज्ञप्ति जारी गर्दै निवर्तमान मुख्यमन्त्री तथा प्रदेश सभा सदस्य जस्तो व्यक्तिले राष्ट्रसेवक कर्मचारीमाथि अवाञ्छनीय व्यवहार गरेको भन्दै आपत्ति जनाएका हुन् ।
कोशी प्रदेश, सामाजिक विकास मन्त्रालयमा कार्यरत सचिव लक्ष्मीप्रसाद भट्टराईलाई कोशी प्रदेशका कार्कीले अमर्यादित गालीगलौज र धम्कीपूर्ण भाषा प्रयोग गरी डर, त्रासजन्य वातावरण सिर्जना गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरीसमेत परेको थियो ।
एकीकृत सरकारी कर्मचारी संगठन कोशी प्रदेश समिति अध्यक्ष योगेश्वर खानाल, नेपाल राष्ट्रिय कर्मचारी संगठन कोशी प्रदेश समिति अध्यक्ष रुद्रप्रसाद सुवेदी र नेपाल निजामती कर्मचारी युनियन कोशी प्रदेश कार्य समिति सचिव राजु ढुङ्गानाद्धारा जारी संयुक्त विज्ञप्तिअनुसार गरिमामय पदमा रहेको व्यक्तिबाट राष्ट्रसेवक कर्मचारीमाथि गरिएको अवाञ्छनीय व्यवहारको भत्सर्ना गरिएको छ ।
कर्मचारीको मनोवल कमजोर हुने र सेवा प्रवाहमा समेत गम्भीर असर पर्ने व्यवहरले कर्मचारीलाई कार्यस्थलमा सुरक्षाको प्रत्याभूति गर्न विज्ञप्तिमार्फत माग गरिएको छ ।
Discussion about this post