Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

दुहबी। स्वास्थ्य कार्यालय सुनसरीले खोप अभियान सञ्चालन गर्ने भएको छ । सुनसरीको बर्जु गाउँपालिका लगायतका केही स्थानहरूमा दादुरा संक्रमण फैलिएपछि स्वास्थ्य कार्यालय सुनसरीले खोप अभियान सञ्चालन गर्न लागेको हो ।
दुई हप्ताको अवधिमा बर्जुमा २९ जना दादुरा संक्रमित भेटिएका छन् । अझै धेरैमा फैलिएको हुन सक्ने अनुमान गरिएको छ ।
फैलिदै गएको दादुराको रोकथाम तथा नियन्त्रणका लागि फागुन १६ गतेदेखि आपतकालीन कार्य योजना सहितको खोप अभियान अघि बढाउन लागिएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।
दादुरा फैलन नदिन सोही क्षेत्र आसपासका झण्डै १० हजार भन्दा धेरै बालबालिकालाई दादुरा विरुद्धको खोप लगाउने तयारी थालेको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईंले बताएका छन् । दादुराको संक्रमण रोक्नका लागि ६ महिनादेखि १५ वर्ष उमेर समूहका व्यक्तिलाई खोप लगाइनेछ ।
प्रमुख प्रसाईंका अनुसार फागुन १६ गतेबाट बर्जुका ६ वटै वडाहरुमा एक साथ दादुरा विरुद्धको खोप अभियान सञ्चालनमा ल्याइने तयारी गरिएको छ ।
Discussion about this post