काठमाडौं– गृहमन्त्री रमेश लेखकले सहकारी वचत रकम दुरुपयोग गरी बाहिर फरार भएका र समितिले खोजेका व्यक्तिहरुलाई देशमा ल्याउन बजेट र अन्य कुनै कारणले समस्या नहुने प्रतिवद्धता जनाएका छन् ।
सोमवार बिहान सिंहदरवारस्थित संघीय संसद सचिवालयको भवनमा बसेको समितिको बैठकमा गृहमन्त्री लेखकले समितिको निर्देशन सरकारले कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको समिति सभापति सूर्य थापाले जानकारी दिएका छन् ।
‘गृहमन्त्रीले फरार देशभित्र अथवा देश बाहिर रहेका सम्पर्कमा आएका वा नआएका व्यक्तिको हकमा र आवश्यक जनशक्तिको व्यवस्था गर्ने बारेमा धेरै विविध र समितिको निर्देशन प्राप्त भएपछि मन्त्रालयले कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । उहाँले बाहिरबाट समितिले खोजेका व्यक्तिहरु देशमा ल्याउन बजेटको अथवा अरु कुनै कारणले समस्या पर्दैन पनि भन्नु भएको छ,’ थापाको भनाइ छ ।
साथै, थापाले गृहमन्त्रीले सहकारीको समस्यालाई सरकारले प्राथमिकतामा राखेको भन्दै संसदीय छानविन विशेष समिति सरकारका लागि मार्गनिर्देशक बन्ने पनि बताएको जानकारी दिए ।
Discussion about this post