धरान । धरान १० के रन ११ औं नेवा च्यारिटी दौड प्रतियोगिता २०७९ मा पुरुष तर्फ दिपक सुहाङ र महिला तर्फ राजपुरा प्रछाइ विजयी भएका छन् ।शनिबार सम्पन्न प्रतियोगितामा १० किमि दौड पाँचथरका दिपक सुहाङले ३२.०५ मिनेटमा पुरा गरे भने काठमाडौकी राजपुरा प्रछाइले ३७.३६ मिनेटमा दुरी पार गरिन् ।
त्यस्तै खुल्ला पुरुष तर्फ काठमाडौका गजेन्द्र राईले ३२.२४ मिनेटमा दुरी पार गर्दै दोस्रो भए भने केन्याका सिमियोन किप्लागतले ३३.१३ मिनेटमा दुरी पार गर्दै तेस्रो भए । महिला तर्फ काठमाडौकी पुर्णलक्ष्मी न्यौपानेले ४०.२८ मिनेटमा र काठमाडैकै आशा राउतले ४२.२७ मिनेटमा दुरी पार गर्दै क्रमशः दोस्रो र तेस्रो भए ।
खुल्ला तर्फका पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद ६० हजार, ४० हजार र ३० हजार पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै अण्डर १६ मा छात्रतर्फ विगल आङ्देम्बे लिम्बू ३६.४८ मिनेटमा दुरी पार गर्दै पहिलो, प्रविण राई ३९.५१ मिनेटमा दुरी पार गर्दै दोस्रो र करण लिम्बू ३०.५० मिनेटमा मिनेटमा दुरी पार गर्दै तेस्रो भए ।
अण्डर १६ छात्रा तर्फ नानी तामाङ ५१.३४ मिनेटमा दुरी पार गर्दै पहिलो, कुशुम राई ५१.४४ मिनेटमा दुरी पार गर्दै दोस्रो र सुना सिद्धिकी ५९.३७ मिनेटमा दुरी पार गर्दै तेस्रो भइन् ।
उनीहरुलाई क्रमशः सात हजार, चार हजार र तीन हजार नगद पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै अण्डर १२ मा छात्र तर्फ योगेश पिठाकोटे मगर पहिलो, आयुष राई दोस्रो र एलन खनाल तेस्रो भए । अण्डर १२ मा छात्रा तर्फ विनिता राई पहिलो, जुही राई दोस्रो र युना पालुङ्वा तेस्रो भए । उनीहरुलाई पनि क्रमशः सात हजार, चार हजार र तीन हजार नगद पुरस्कार प्रदान गरिएको थियो । भेट्रानको पुरुष तर्फ धर्म महर्जन पहिलो, निमेश क्षेत्री दोस्रो र पदम महतो तेस्रो भए । भेट्रान महिला तर्फ जमुना लिम्बू पहिलो, छिरिङ लामु भुटिया दोस्रो र सर्मिला राई तेस्रो भए । उनीहरुलाई क्रमश ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्रदान गरिएको धरान रनका अध्यक्ष रमु राईले बताउनुभएको छ ।
त्यस्तै गरी सुपर भेट्रान तर्फ कृष्ण तामाङलाई विजयी घोषित गरिएको थियो । उनले ४५.५५ मिनेटमा दौड पुरा गरेका थिए । स्थानीय विजेता भनेर ३४.५५ मिनेटमा दुरी पार गरेका किरण लिम्बू र ४२.४६ मिनेटमा दुरी पार गरेकी छेन्वीमाया राईलाई विजेता घोषित गरिएको थियो । धरान रनमा ह्वीलचेयर रेश पनि भएको थियो । विभिन्न देशबाट गरी यसपटक ३५ सय बढीले धरान रनमा सहभागीता जनाएको आयोजकले दाबी गरेको छ कार्यक्रममा सेफ सन्तोष साह, नायक दयाहाङ राईको समेत सहभागीता रहेको थियो । दौडमा विजयी हुनेहरुलाई धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई, नायक दयाहाङ राई, माल्भीका सुब्बा लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
Discussion about this post