Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

काठमाडौ । केन्द्रमा राजिनामा दिएको राप्रपाले प्रदेशमा पनि राजिनामा दिन थालेको छ । राप्रपाका बागमती प्रदेश सरकारमा सहभागी भएका तीनजना मन्त्रीहरूले राजीनामा दिएका छन् ।
शनिवार बागमती प्रदेशसभाको बैठक सकेर मुख्यमन्त्री शालिकराम जम्मकट्टेल समक्ष तीनैजना मन्त्रीले सामूहिक राजीनामा बुझाएका हुन् ।
राप्रपाबाट ऊर्जा तथा सिँचाइ मन्त्री उद्धव थापा, पर्यटन, उद्योग तथा सहकारी मन्त्री डम्बर तामाङ र वन तथा वातावरण मन्त्री राजु विष्ट सरकारमा सहभागी थिए ।
यता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गण्डकी प्रदेशबाट पनि बाहिरिने तयारी गरेको छ । गण्डकीमा राप्रपाबाट पञ्चराम गुरुङ सामाजिक विकास तथा स्वास्थ्य मन्त्री भएका छन् । उनले राजीनामा बुझाउने तयारी गरेको बताएका छन् ।
गुरुङ मुख्यमन्त्रीसँगै पुस २५ गते विना विभागीय मन्त्री भएका थिए । त्यसको १५ दिनपछि पुस १० गते उनलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीको जिम्मेवारी प्रदान गरिएको थियो ।
एमालेको नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकारमा अन्य दलमा माओवादी केन्द्र, राप्रपा सहभागी छन् ।
Discussion about this post