Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

काठमाडौ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न नेपाली टोली युएई जाँदै छ । आफ्नो घरमा सत प्रतिशत जित निकालेको नेपालले सोझै विश्वकप छनोट खेल्न अव बाँकी ८ मध्य ७ खेल जित्नुपर्ने भएको छ ।
नेपाली यदी ८ मध्य ७ मा जित निकालेको खण्डमा शीर्ष तीनमा रहदै सोझै विश्वकप छनोट खेल्ने अवसर पाउने छ ।
अन्तिम खेलमा नामिबियाले युएईलाई ७ विकेटले पराजित गरेपछि उक्त समिकरण बनेको हो।
आइसिसी विश्वकप लिग–२ का शीर्ष तीन टोलीले आगमी जुन जुलाईमा जिम्बावेमा हुने सोझै विश्वकप छनोट खेल्न पाउनेछन् । स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारसहित ५० अंकका साथ च्याम्पियन बन्दै विश्वकप छनोटमा पुगेको छ ।
ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा रहँदै विश्वकप छनोटमा पुगेको छ । अव नेपाल, नामिबिया र युएई मध्य एक टोली शीर्ष तीनमा रहँदै विश्वकप छनोट सोझै खेल्न पाउनेछन् ।
नेपाल २८ खेलमा १२ मा जित र १४ मा हारसहित छैटौं स्थानमा छ । युएई २८ खेलमा १३ मा जित र १२ मा हारसहित २९ अंकका साथ पाँचौं स्थानमा छ । नामिबियाले ३६ खेलमा १९ मा जित र १६ मा हारसहित ३९ अंकमा अन्त्य गरेको छ ।
नेपालले अव युएईसँग चार र पपुवा न्युगिनीसँग चार खेल खेल्नेछ ।
युएईले नेपाल र पपुवा न्युगिनीसँग ४-४ खेल खेल्नेछ । नेपाल, पपुवा न्युगिनी र युएईबीच दुबईमा सोमबार त्रिकोणात्मक ओडिआई सिरिज हुँदै छ । त्यसपछि यी तीन टोलीबीच टियु मैदानमा लिग २ को अन्तिम त्रिकोणात्मक ओडिआई सिरिज हुनेछ ।
Discussion about this post