विराटनगर । मोरङको रतुवामाई नगरपालिका–४ झुर्कियाको एउटा घरमा सोमबार बिहानका राति आगलागी भएको छ ।
प्रहरीका अनुसार दिलिप सोनारको टिनको छानो भएको र टाटीबेराले बारेको कच्ची घरमा बिहान २ बजेतिर आगलागी भएको हो । स्थानीय, प्रहरी र दमकलको सहयोगमा करिब १ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।
आगलागीमा घरसहित घरभित्र रहेका सबै सामान जलेर ध्वस्त भएको छ । करिब १ लाख ८० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । घटनामा चौपाया र मानवीय क्षति भने भएन ।
Discussion about this post