काठमाडौँ । बङ्गलादेशका राष्ट्रपति मोहम्मद शाह्बुद्दीनले संसद् भङ्ग गरेका छन् । ढाका ट्रीबुनका अनुसार राष्ट्रपति शाह्बुद्दीनले अन्तरिम सरकार गठनको मार्ग प्रशस्त गर्न संसद् विघटन गरेका हुन् ।
राष्ट्रपति शाहबुद्धीनले तिनै सुरक्षा निकायका प्रमुख र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँगको छलफल पछि संसद् विघटन गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
सोमबार आरक्षण विरोधी आन्दोलन चर्किएपछि शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिँदै देश छोडेपछि बङ्गलादेशमा अन्तरिम सरकार बन्ने प्रक्रिया अगाडी बढेको छ ।
अब अन्तरिम सरकारको प्रमुख नोबेल पुरस्कार विजेता डा. मोहम्मद युनुस बन्ने चर्चा रहेको छ ।
Discussion about this post