काठमाडौँ । नेपाली काँग्रेसका सांसद गगन थापाले भुटानी शरणार्थी, गिरीबन्धु र बिद्युत् मस्यौदा असुलीमा तलमाथि गर्न नहुने बताएका छन् ।
प्रतिनिधिसभाको जारी बैठकको विशेष समयमा बोल्दै थापाले भुटानी शरणार्थी प्रकरणमा हालसम्म भएका अनुसन्धानमा नै टेकेर थप अनुसन्धान गर्नु पर्ने, सर्वोच्च अदालतले दिएको आदेश अनुसार गिरिबन्धुको मुद्दा टुङ्ग्याउने पर्ने र बिद्युत् महसुल बक्यौता कानुन अनुसार असुल गर्नुपर्नेसमेत जनाएका छन् ।
‘हिजो हामी प्रतिपक्षमा बस्दा जे–जे बोलेका छौँ, यता पटी कुर्सी (सत्तापक्ष)मा बस्दा पनि त्यही विषय उठाउने छौँ,’ उनले भने, ‘भुटानी शरणार्थी, गिरिबन्धु र बिद्युत् मस्यौदा शुल्कका बारेमा उहीँ धारणा रहेको छ, यसको सत्य तथ्य छानबिन हुन्छ ।’
उनले यी तीनै विषयलाई सरकारले सत्य तथ्य रूपमा छानबिन गर्नुपर्नेमा जोड गरेका छन् ।
Discussion about this post