काठमाडौं । रास्वपा सांसद हरि ढकालले लाइन जोड्न दिएको निर्देशन जसरी महसुल तिर्न पनि निर्देशन दिनुपर्ने बताएका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘प्रधानमन्त्रीज्यू, जसरी बिजुलीको लाइन जोड्नलाई निर्देशन दिनुभएको थियो । महसुल उठाउन पनि उसैगरी निर्देशन दिनुपर्यो कहाँ-कहाँ दिने हो ।’ ढकालले भने ।
उनले यसअघि भने, ‘विषय त भ्रष्टाचार नै हो, महसुल नै हो, बिजुली नै हो । समितिमा व्यापक छलफल गरिएको छ । तिनुपर्ने उद्योगीले तिर्दिनँ भनेका छैनन् ।’
करदातामाथि करमाथि लामो हात बनाउनेमाथि सधैँ छलफलको विषय हुने उनको भनाइ छ ।
Discussion about this post