इटहरी । सवारी दुर्घटनामा परी मृत्यु भएका दुई ब्यक्तिको सनाखत नसकेपछि प्रहरीले फोटो सहित हुलिया सार्वजनिक गरेको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकलमा सवार दुवै जनाको शरीरमा कुनै पनि काजगपत्र फेला नपरेपछि पहिचानका लागि प्रहरीले हुलिया सहित फोटो सार्वजनिक गरेको हो ।
आज (सोमबार) बिहान ९ बजे कोशी राजमार्ग अन्तर्गत मोरङको बढीगंगा गाउँपालिका ४ मा दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको बा ६३ प ४२७ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई विराट टिचिङ अस्पताल भर्ना गरिएको थियो । घाइते मध्ये चालकको बिहान १०ः३० बजे मृत्यु भएको छ । पछाडि सवार अन्दाजी २८ वर्षको ब्यक्तिको उपचारका क्रममा दिउँसो ३ः१५ बजे मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
प्रहरीका अनुसार मोटरसाइकल चालकको उमेर अन्दाजी ३०र३४ बर्षको पुरुष र अन्दाजी ४ फिट ५।४ ईन्च उचाई रहेको साथै उनले निलो र पहेलो कलरको ट्राकसुट लगाएको छन् ।
पछाडी सवार उमेर अन्दाजी २८र२९ बर्षको पुरुष अन्दाजी ४ फिट ५ ईन्च उचाई रहेको र उनले कालो जम्पर लगाएको प्रहरीले जानकारी दिए । कालो जम्पर लगाएको । हाल दुवै शव कोशी अस्पतालको शव गृहमा राखिएको छ । सम्बन्धित आफन्तजनले जिल्ला प्रहरी कार्यालय मोरङको ९८५२०३८३५५ मा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।
Discussion about this post