इटहरी । झापा र सुनसरीको छुट्टाछुटै स्थानहरूमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ ।
झापाको हाल्दिबारी गाउँपालिका-४ का ३३ वर्षीय नरेश मोक्तानलाई घर नजिकैको पैनीमा बिजुलीको पोलबाट करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएकोमा उपचारको लागी वि एण्ड सी अस्पताल बिर्तामोड लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको थियो ।
यसैगरी सुनसरीको हरि नगर गाउँपालिका-२ का ६० वर्षीय समुद्धिन मियाँ मोटर जडान गरिएको कल चलाउने क्रममा करेन्ट लागेर घाइते भएकोमा उपचारको लागी गोल्डेन अस्पताल विराटनगर पुर्याउनसाथ डाक्टरले मृत घोषित गरेका थिए ।
घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरूबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post