विराटनगर : सुनसरी र उदयपुरबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो सुनसरीको कोशी गाउँपालिका-१ स्थितमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा लिम्चुङबुङ गाउँपालिकाकी २० बर्सिया राजमिका राईको साथबाट १ ग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेसँगै इटहरी उप-महानगरपालिका-१७ का २० वर्षीय अब्बास मिया र २८ वर्षीय मो-सफरुद्दीनलाई समेत नियन्त्रणमा लिएको हो ।
त्यसैगरी प्रहरी चौकी भगलपुर उदयपुरबाट खटिएको प्रहरी टोलीले प्रदेश २-०१-००३ प ७०७० नम्बरको मोटरसाइकलबाट लुकाई छिपाई ल्याउँदै गरेको ८ किलोग्राम गाँजा बरामद गरेसँगै मोटरसाइकल चालक वेलका नगरपालिका वडा नं ९ का २४ वर्षीय प्रबिन राई र मोटरसाइकलमा पछाडि सवार वेलका नगरपालिका वडा नं ७ का २१ वर्षीय रोशन राईलाई बेलका नगरपालिका वडा नं १ बाट पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
Discussion about this post