विराटनगर । विराटनगरमा कार र मोटरसाइकल ठोक्किएर बुधवार राति दुर्घटना भएको छ । दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
कोशी लोकमार्ग अन्तर्गत विराटनगर महानगरपालिका–३ पिपल चोकमा राति ९ः३५ बजेतिर दुर्घटना भएको हो । प्रहरीका अनुसार उत्तरबाट आएर पूर्वतर्फ मोडिँदै गरेको को १ च ५१९१ नम्बरको कार र भित्री सडकबाट कोशी लोकमार्गतर्फ निस्कदै गरेको मधेस प्रदेश ०१–००४ प २७८४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएको थियो ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले दुर्घटनामा मोटरसाइकल चालक मोरङको बूढीगंगा गाउँपालिका–५ का ४० वर्षीय फेकुलाल सरदारको मृत्यु भएको जानकारी दिए । उनका अनुसार कारसँग मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा गम्भीर घाइते भएका सरदारलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल लगिएको थियो ।
अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् । प्रहरीले कार र चालक मोरङको पथरीशनिश्चरे नगरपालिका–१० का ४६ वर्षीय जीवन कटवाललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।
Discussion about this post