विराटनगर । मोरङबाट ६ किलोग्राम गाँजासहित बुधवार राति एक जना पक्राउ परेका छन् ।
जहदा गाउँपालिका–१ धुनी टोलका २६ वर्षीय अमित मण्डललाई प्रहरीले लागू औषध गाँजासहित राति ९ः३० बजेतिर पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको सइ उज्ज्वल शाक्य नेतृत्वको टोलीले प्रदेश १–०४–००१ प ९८०२ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको थियो ।
मोटरसाइकल नियन्त्रणमा लिएर चेकजाँच गर्दा चालकको साथबाट गाँजा बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार गाँजा बरामद भए लगत्तै मण्डललाई पक्राउ गरिएको हो । साथबाट ६ किलोग्राम गाँजा बरामद भएको जानकारी बस्नेतले दिए ।
पक्राउ परेका मण्डल, बरामद भएको गाँजा र नियन्त्रणमा लिइएको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । प्रहरीले यस विषयमा थप अनुसन्धान सुरु गरेको छ ।
Discussion about this post