काठमाडौँ । पासाङ नाम्गेल शेर्पाले आठ हजार मिटरभन्दा अग्ला १४ वटा चुचुरा र थप दुई वटा हिमालको सफल आरोहण गरेर नेपाल फर्किएका छन् ।
बिहीबार नेपाल पर्वतारोहण सङ्घले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् । उनी आठ हजार मिटरभन्दा अग्ला १४ वटा र थप दुई वटा चुचुराको सफल आरोहण गर्ने नेपालका एक मात्र आरोही हुन् ।
सोही क्रममा उनले यो १६ वटा चुचुराहरूको आरोहण गर्न २२ वर्ष लागेको भन्दै कठिन र लामो यात्रा तय गरेको बताए ।
उनले भने, ‘मलाई सबै १६ वटा चुचुराहरूको आरोहण गर्नका लागि २२ वर्ष लाग्यो । यात्रा कठिन नै थियो तर नेपाललाई यसरी चिनाउन पाउँदा खुसी लागेको छ ।’
यसको साथै, उनले आगामी दिनमा पनि फेरि यस्तै हिमालहरू चढ्ने सोचमा रहेको बताए ।
Discussion about this post