इटहरी : साहित्यकार दीपा राई पुनकी आमा विमला राईलाई ‘मौलशोभा राई आमा सम्मान–२०८१’ ले सम्मान गरिने भएको छ ।
उक्त पुरस्कार साहित्यकार तथा लेखक डा. पुरण राईले आफ्नी आमाको नाममा स्थापना गरेका हुन् । अनलाइन अभिलेख प्रालिमार्फत पुरस्कार वितरण गरिने राईले बताए ।
भाषा, साहित्य, कला, संस्कृति, आर्थिक, राजनीतिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तिकी आमामध्ये एकजनालाई बर्सेनि मौलशोभा राई आमा सम्मान प्रदान गरिने निर्णय भएको थियो ।
नेपाली साहित्य र समाज सेवाका क्षेत्रमा दीपा राई पुनले पु¥याएको योगदानस्वरूप उनकी आमालाई सो सम्मान दिने निर्णय गरिएको हो ।
डा. राईको ‘वसन्त ऋतु’ उपन्यास, ‘लाशमाथिको मानव’ नाटक, ‘अस्तु’ कथासङ्ग्रह, ‘कोभिड डायरी डरका बिम्बहरू’, ‘सिद्धान्त र विश्लेषण आप्रवासी नेपाली कविता’ अलङ्कारविधाजस्ता कृति प्रकाशित छन् ।
Discussion about this post