इटहरी : रोट्रयाक्ट क्लबको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । शनिबार इटहरीस्थित एक कार्यक्रमबीच रोट्रयाक्ट क्लबले पदस्थापन कार्यक्रम गरेको हो ।
रोट्रयाक्ट क्लब अफ इटहरी, रोट्रयाक्ट क्लब अफ सुन्दरहरैँचा र रोट्रयाक्ट क्लब अफ सुनसरीले सामूहिक रूपमा पदस्थापन कार्यक्रम आयोजना गरेका हुन् ।
रोट्रयाक्ट क्लब अफ इटहरीको १७ औँ पदस्थापना, रोट्रयाक्ट क्लब अफ सुन्दरहरैंचाको चौथो पदस्थापना तथा रोट्रयाक्ट क्लब अफ सुनसरीको तेस्रो पदस्थापना कार्यक्रम संयुक्त गरिएको हो ।
कार्यक्रममा रोट्रयाक्ट क्लब अफ इटहरीका अध्यक्ष मिसन पराजुली, रोट्रयाक्ट क्लब अफ सुन्दरहरैंचाका अध्यक्ष सुजन पोख्रेल, रोट्रयाक्ट क्लब अफ सुनसरीका अध्यक्ष आयुस्मा अधिकारीको अध्यक्षतामा उद्घाटन सत्र कार्यक्रम आयोजना गरिएको थियो ।
रोट्रयाक्ट क्लब अफ इटहरीका अध्यक्ष देवराज काफ्ले, सुन्दरहरैँचाका अध्यक्ष विशाल घिमिरे र सुनसरीकी अध्यक्ष युरिका घिमिरे सन् २०२४।२५ का लागि सर्वसम्मत चयन भएका थिए ।
यससँगै नवनिर्वाचत अध्यक्षसहित पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
कार्यक्रममा क्लबका नवनिर्वाचित अध्यक्षहरूले आफ्नो कार्यकालमा गर्ने कामबारे प्रष्ट्याएका थिए । क्लबले युवाहरूलाई नेतृत्व विकासका साथै समाजमा सकारात्मक र सृजनशील काम गर्नका निम्ति प्रोत्साहन गर्दै आएको बताइएको छ ।
Discussion about this post